नेकपा एमालेकी केन्द्रीय सदस्य गीता कार्की र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सोनु रोकाको पहलमा मन्थली नगरपालिकालाई मेडिकल सामग्री सहयोग हस्तान्तरण गरिएको छ।
मंगलबार मन्थली नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच अक्सिजनसहितका स्वास्थ्य सामग्री सहयोग गरिएको नेकपा एमालेकी केन्द्रीय सदस्य गीता कार्कीले जानकारी दिइन्।
उनका अनुसार भरेको अक्सिजन ५ थान, अक्सिजन कन्सन्ट्रेटर ४ थान, पल्स अक्सिमिटर २ थान, एन्टिजेन किट १ सय थान, भिटिएम किट ५ सय र मास्क ५ सय थान, पीपीई सेट १५ पीस, गाउन २० थान, थर्मल गन २ थान र १ सय पीस एन–९५ मास्क मन्थली नगरपालिकाकी उपमेयर माया कुमारी कार्कीलाई हस्तान्तरण गरिएको छ।
यो महामारीविरुद्ध लड्नका लागि सबैले आफूले सकेको सहयोग गर्दा स्थानीय सरकारलाई संक्रमित विरामीको उपचार गर्न सहज हुने भएकाले सानो सहयोग गरेको उनको भनाइ छ।
उनी गत वर्षदेखि नै कोभिड महामारीविरुद्ध व्यक्तिगत तथा संस्थागतरुपमा विभिन्न क्षेत्रलाई सहयोग गर्दै आएकी छन्। उनी समाजसेवाको क्षेत्रमा पनि विगतदेखि लागिरहेकी छन्। उनले केही दिनमा गोकुलगंगा गाउँपालिकामा पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने बताइन्।
त्यस्तै, रोका पनि जिल्लाभरि नै कोभिड–१९ संक्रमितलाई मेडिकल सामग्रीसहित पौष्टिक खानेकुरा वितरणको अभियान थालेका राष्ट्रिय युवा संघ नेपालका एक अभियान्ता हुन् । उनले मन्थली नगरपालिकालाई एमाले केन्द्रीय सदस्य गीता कार्कीसँगको सहकार्यमा मेडिकल सामग्री सहयोग गरिएको बताए।





























प्रतिक्रिया