काठमाडौंमा रहेका ताप्लेजुङ्गबासीहरुलाई राहत

काठमाडौंमा रहेका ताप्लेजुङ्गबासीहरुलाई राहत

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा काेठाभाडामा बसेका ताप्लेजुङ्गबासीहरुलाई राहत दिइएकाे छ । नेकपा (एमाले) ताप्लेजुङ-काठमाडौ सम्पर्क मन्चले लकडाउनको कारण समस्यामा परेकाहरूलाई राहत सामग्री विथरण गरेको हाे । 

शनिबार ४० घर परिवारलाई उक्त राहत सहयोग सामाग्री वितरण गरेको छ । सम्पर्क मञ्चले वितरण गरेको राहत सामाग्रीहरूको व्यवस्थापन नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा , युवा नेता क्षितिज थेवे, घुन्सा फाउन्डेसनका अध्यक्ष याङजोम शेर्पालगायतले गरेका हुन् । 

त्यस्तै नेपाल बालसंगठन केन्द्रीय सदस्य देउमान बिष्ट , मञ्चका अध्यक्ष मिङमाकमी शेर्पा , सचीव सुवास थेवे , लिला राई ,लाक्पा किपा शेर्पा , विरेन्द्र दहाल, सीता पौडेल लगायतले पनि गरेका हुन् ।

Logo