हावाहुरीले बेपत्ता भएका सात जना भेटिए

हावाहुरीले बेपत्ता भएका सात जना भेटिए

केन्द्रबिन्दु
0
Shares

जाजरकोटमा हावाहुरीले बेपत्ता भएका सात जना भेटिएका छन् ।

मंगलबार भैँसी, गाइ र बाख्रा लिएर चरिचरण क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जना भेटिएको प्रहरीले जनाएको छ । 

मंगलबारदेखि बेपत्ता भएका कुशे गाउँपालिका औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र  वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय शुक्रबार (आज) बिहान भेटिएको प्रहरीले जनाएको छ ।

Logo