जिल्लाका १० स्थानीय तहमध्ये आठ स्थानीय तहले बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका बराहपोखरी र केपिलासगढी गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु ८५ करोड आठ लाख ६२ हजारको बजेट प्रस्तुत गरेको छ । हलेसी तुवाचुङ नगरपालिकाले रु ५८ करोड १६ लाख २८ हजार ४५० बजेट प्रस्तुत गरेको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले रु ६२ करोड २८ लाख ३७ हजार ५९०, जन्तेढुङ्गा गाउँपालिकाले रु ३९ करोड ९९ लाख ९३ हजार २७०, खोटेहाङ गाउँपालिकाले रु ५१ करोड ६६ लाख ३२ हजार १२०, रावाबेँसी गाउँपालिकाले रु ३६ करोड ४५ लाख ३५ हजार, ऐँसेलुखर्क गाउँपालिकाले रु ४० करोड ३९ लाख ८५ हजार ९६० र साकेला गाउँपालिकाले रु ३२ करोड २३ लाख ९० हजार ४३० बजेट प्रस्तुत गरेका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकाको गाउँसभा गर्ने मिति अहिलेसम्म टुङ्गो लागेको छैन । ३४ करोड बराबरको बजेट प्रस्तुत गर्ने तयारी गरेको उक्त गाउँपालिकाले बिहीबार प्राविधिक कारण देखाउँदै गाउँसभा रोकेको हो ।
केपिलासगढी गाउँपालिकाले भने यही असार १४ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सूचनामार्फत जानकारी दिएको छ । गाउँपालिकाका केही जनप्रतिनिधिमा कोरोना देखिएकाले बिहीबार गर्नुपर्ने गाउँसभा १४ गतेलाई सारिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले जानकारी दिए ।





























प्रतिक्रिया