मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई क्षति पुर्याएको आज ११ दिन पुगेको छ। तथापि सरकारले पीडितहरुलाई हालसम्म समुचित व्यवस्थापन गर्न सकेको छैन।
मेलम्ची बाढी पीडितहरु हाल सोहि नगरपालिकाको इन्द्रेश्वरी माध्यामिक विद्यालयमा रात कटाउन बाध्य छन्। स्थानिय तुलाराम तामाङले अहिलेसम्म नगरपालिकाले बास बस्न सहयोग गरिरहेको भएपनि विद्यालयमा मात्र आश्रय कति दिन लिने भन्दै प्रश्न गरेका छन्।
उनले बजारमा रहेको तीन तले ढलान घर र बगर किनारमा रहेको खेतीयोग्य जमिन सबै बगाएको बताउँदै आफू सुकुम्बासीमा परिणत भएको दुःख केन्द्रबिन्दुसँग दुखेसो पोखे।
अहिले मेलम्ची नगरपालिकाभित्रका ६० परिवारका तीन सय जनाले उक्त विद्यालयमा आश्रय लिईरहेका नगरको तथ्यांकमा उल्लेख छ। हाम्रो टिम नेपालले बिहान, बेलुकाको खाना र खाजाको व्यवस्थापन गरेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले राहत पुनरुत्थान र पुनर्बासकाबारे संघ र प्रदेश सरकारसँग समन्वय गर्ने समेत नगरपालिकाले जनाएको छ। यता पीडितहरुले भने नगरले राहत कार्यक्रमलाई समानुपातिक वितरण गर्न नसकेको आरोप लगाएका छन्। हेरौं यो भिडियोमा:





























प्रतिक्रिया