नेपाल एयरलाइन्समा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो

नेपाल एयरलाइन्समा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो

केन्द्रबिन्दु
0
Shares

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारी युनियनले महाप्रबन्धकको कार्यकक्षमा लगाएको ताला प्रहरीले खोलेको छ ।

सञ्चालक समितिले नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न लागेपछि कर्मचारीले शुक्रबारदेखि आन्दोलन शुरु गरेका थिए ।

उनीहरुले महाप्रबन्धक डिमप्रकाश पौडेलको कार्यकक्षमा ताला लगाएका थिए । तर मंगलबार प्रहरीले ताला खोलेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई समन्वय गरिदिनु अनुरोध गरेबमोजिम पुगेको प्रहरीले ताला खोलेको हो । 

ताला खोल्ने क्रममा प्रहरी र कर्मचारीबीच केहीबेर तनावको स्थिति उत्पन्न भएको थियो ।

Logo