०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
काठमाडौ उपत्यकाको परिचय रहेको काष्ठमण्डप सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरेर पुनर्निर्माण भइरहेको छ। भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम ०७५ को वैशाखबाट सुरु भएको थियो।
उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका काम भइरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौ महानगर पालिकाकाले पुनर्निर्माण समितिलाई चार चरणमा गरेर ११ करोड ५० लाख रकम उपलब्ध गराएको छ। अहिलेसम्म काष्ठमण्डप पुनर्निर्माण काम ९० प्रतिशत सम्पन्न भइसकेको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिए।
लकडाउन र निषेधाज्ञाको अवधीमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै र सकेसम्म भौतिक दूरी कायम गरी पुनर्निर्माणको कामलाई निरन्तरता दिएको संयोजक शाक्यले जानकारी दिए। सुरुमा निर्माणको लागि चाहिने काठको अन्यौल रहे पनि उपभोक्ता समितिले बारा पर्सा रौतहटलगायतका तराईका जिल्लाबाट गोला काठ ल्याई हेटौडामा चिरान गरेर काठमाडौ ल्याउने गरेको छ। काष्ठमण्डप पुनर्निर्माण प्रयोग भइरहेको माटो, इँटा र अन्य काठ पुरानो प्रयोग भइरहेको छ।





























प्रतिक्रिया