काठमाडौं उपत्यकामा आज ७१९ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ५३१, भक्तपुरमा ४१ र ललितपुरमा १४७ जना संक्रमित थपिएका हुन्।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५९५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ पुगेको छ।
नेपालमा आज ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९०६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ७० हजार ९५३ जना र एन्टीजेन परीक्षणबाट ५० हजार ६६४ जना पुगेको छ।
आज २५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ।
आज १३ हजार १३५ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३४ लाख ८६ हजार ३५४ जनाको पिसिआर र २ लाख ७० हजार ९६१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।





























प्रतिक्रिया