दुबइबाट काठमाडौं आएका एक युवकलाई प्रहरीले सुनसहित प्राउ गरेकाे छ । हिमालय एयरको उडानद्वारा दुवईबाट काठमाडौं आएका गोरखाका पदम परियारलाई सुनसहित पक्राउ गरिएकाे हाे ।
प्रहरीका अनुसार उनकाे गतिविधि शंकास्पद लागेपछि जाँच गर्ने क्रममा कफी मेकर भिञ फलामे कप आकारको बस्तु ३ वटा पत्रले बनेकोमा पहिलो र अन्तिम पत्र फलाम जस्तो देखिने धातुको रहेको र बीचको भागमा रहेकाे सुनको तौल जम्मा १ केजी १६५ ग्राम फल्स बटम बनाई लुकाई छिपाई अवैध रुपमा ल्याएकाे पाइएकाे छ ।
उनलाई विमानस्थल प्रहरी र भन्सार कार्यालयले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाएको प्रहरीले जनाएकाे छ ।





























प्रतिक्रिया