काठमाडौं उपत्यकामा आज ७०१ जना कोभिड संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ७०१ जना कोभिड संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज ७०१ जना कोभिड संक्रमित थपिएका छन्। आज काठमाडौंमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जना संक्रमित थपिएका हुन्। 

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ।

नेपालमा आज ३ हजार ७२९ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १ हजार २९९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख १० हजार ५०९ जना र एन्टीजेन परीक्षणबाट ६७ हजार ८० जना पुगेको छ। 

आज २५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ।

आज १५ हजार ६७५ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३६ लाख ६५ हजार ८३५ जनाको पिसिआर र ३ लाख ४९ हजार ५४३ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo