काठमाडौं उपत्यकामा आज ७१९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएका छन्।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख १९ हजार ३३६ पुगेको छ।
नेपालमा आज २ हजार ५२ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ४०४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ६४ हजार २९५ जना र एन्टीजेन परीक्षणबाट ८३ हजार ९०९ जना पुगेको छ।
आज २० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ।
आज १४ हजार ९३५ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३९ लाख २५ हजार ७५८ जनाको पिसिआर र ४ लाख ७३ हजार २६८ जनाको एन्टीजेन परीक्षण गरिएको छ।





























प्रतिक्रिया