हालसम्म करिब ११ लाख मास्क नि:शुल्क वितरण

हालसम्म करिब ११ लाख मास्क नि:शुल्क वितरण

केन्द्रबिन्दु
0
Shares

कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ हजार ८९७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कोरोना संक्रमणबाट हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित मास्क नि:शुल्क वितरण गरिरहेकाे हाे ।

हालसम्म जम्मा १० लाख ९४ हजार ७ सय ४७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्ने ४८ जनालाई आज ४ हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ । साथै २३२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । 

Logo