तीन महिनापछि बल्ल डोटीमा प्रजिअ

तीन महिनापछि बल्ल डोटीमा प्रजिअ

केन्द्रबिन्दु
0
Shares

गृह मन्त्रालयले बल्ल  यहाँ प्रमुख जिल्ला अधिकारी खटाएको छ । विगत तीन महिनादेखि प्रजिअ विहीन बनेको थियो । निमित्तका भरमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयले शङ्करबहादुर विष्टलाई प्रजिअ तोकेको हो ।

उनले यसअघि पनि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी भएर कामकाज सञ्चालन गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी सुनिल खनाल गत असारमा गृह मन्त्रालयमा सरुवा भएका थिए  ।

यसपछि निमित्त प्रजिअ किरण जोशीले कामकाज चलाउँदै आएको थियो । प्रजिअ र प्रशासकीय अधिकृतसमेत नहुँदा जिल्लामा काम गर्न निकै समस्या भएको थियो । 

Logo