३४५ ग्राम सुनसहित विमान‍्स्थलबाट २ जना पक्राउ

३४५ ग्राम सुनसहित विमान‍्स्थलबाट २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३४५ ग्राम सुनसहित चितवन भरतपुर उपमहानगरपालिका-१३ घर भएका सुवास गुरुङलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

कतार एअरवेजद्वारा कतारको दोहाबाट काठमाडौं आएका गुरुङलाई विमानस्थलको प्रहरीले जाँच गर्दा बच्चाले प्रयोग गर्ने डाइपरको बटमभित्र लुकाइछिपाई ल्याएको उक्त सुन फेला पारी उनलाई पक्राउ गरेको हो ।

साथै उक्त सुन संकलन गर्न आएका तनहुँ व्यास नगरपालिका-९ बस्ने ३१ वर्षीय टक बहादुर गुरुङ समेतलाई प्रहरीले पक्राउ गरेको छ ।
बरामस सुनसहित उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौजर बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

Logo