कात्तिक कृष्णपक्ष अमावस्या अर्थात् औंशी, लक्ष्मीपूजा, दीपमालिका आजको दिनलाई सुखरात्री भनिन्छ। आज तिहारको तेस्रो दिन, भगवती लक्ष्मी आद्यमातृशक्ति हुन्। त्यसैले आजसाँझ लक्ष्मीपूजा गर्दा आठवटा लक्ष्मीको स्मरण गरेर पूजा गर्ने गरिन्छ। आद्यलक्ष्मी, धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, वीरालक्ष्मी, विजया वा जाया लक्ष्मी, विद्यालक्ष्मी यी आठवटै लक्ष्मीको पूजा गर्ने दिने हो आज।
कार्यालय अर्थात कर्मस्थानमा दिउँसोदेखि पूजा गरे पनि आफू बस्ने घरमा साँझको समयमा पूजा गर्नुपर्छ। लक्ष्मीपूजा विहीबारको दिन भएकाले विद्यालक्ष्मीको पूजा आराधनामा विशेष महत्व रहेको छ। विहान सूर्योदय ६ः१७ मा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर १६ मिनेटमा हुनेछ।
लक्ष्मीपूजामा विशेषगरी दियो, कलश र गणेश स्थापना गरेर श्रद्रापूर्वक पूजा गर्दा हुन्छ। कुनै विशेष गर्नुपर्ने भन्ने छैन। तर, कसैले विशेष प्रकारले उत्सव गर्दा पनि लक्ष्मी खुसी हुन्छन भन्ने होइन। पूजा गर्दा श्रद्रा, भक्ति सबैभन्दा महत्वपूर्ण कुरा हो। चन्द्रमा तुला राशिमा रहेको छ। चित्रा नक्षत्र आजको दिन विशेष दिन हो। आज लक्ष्मीको आरधना गर्ने दिन विशेष दिन हो। त्यसैले आज विहादेखि गरेका सबै कामहरु सफल हुन्छन भनेर काम गर्दा हुन्छ। आज तिहारको सबैभन्दा उत्सवको दिन हो।
आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिको जातकको लागि धनलाभ हुनसक्छ। आजको दिन श्रद्रा, भक्तिपूर्वक लक्ष्मीको आराधना गर्नुहोला। व्यापार ब्यवसायबाट पनि लाभ हुनेछ। दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख मिल्नेछ। स्वास्थ्यमा ख्याल राख्नुहोला।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
तपाईंले आजको दिन विगतमा गरेको कामबाट धनलाभ हुनेछ। मन प्रसन्न हुनेछ। धन र स्वास्थ्यलाभ हुनेछ। तपाईंलाई शत्रुले समेत सम्मान गर्नेछन्। आजको दिन आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
मनमा अनेक कुरा खेल्नेछ। परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछ। सोचेअनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ। यदी यात्रा गर्न खोज्नु भएको छ भने दिन कष्टकर हुनेछ। मनमा पनि निराशा उत्पन्न हुनसक्छ। त्यसैले आज हरेक कुराका सकारात्मक सोच राख्नु भएमा खुसी हुनेछ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
मनमा अशान्त र निराशा उत्पन्न हुन सक्छ। पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउन सक्छ। आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला। आजको दिन कसैसँग विवाद भयो भने तपाईंको लागि हानि हुनेछ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ। यात्राका पनि ब्यबधान आउनसक्छ। नयाँवस्त्र खरिद गर्दा सुख मिल्नेछ। मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ। परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
मनमा चिन्ता र भय उत्पन्न हुनेछ। आफन्तसँग सम्बन्ध विग्रन सक्छ। स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ। अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ। मित्रमण्डलीहरुसँग विवाद हुनसक्छ। त्यसैले आजको दिन सोच विचार गरेर काम गर्नुहोला।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईंले आजको दिन शुरु गरेको काम सफल हुनेछ। ब्यापार ब्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ। चन्द्रमा तुला राशिमा भएकाले आजको दिन तपाईंले गरेको कामले सफलता प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुख समृद्धिप्राप्त हुनेछ। मनमा प्रसन्नता छाउने छ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला। आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ। अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ। आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ। त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
धनलाभ हुनेछ। ग्रहहरु बलिया भएका छन्। त्यसैले आजको दिन तपाईंले सोचेअनुसारको काम हुनेछ। सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ। त्यसैले आजको दिन विहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
मानसम्मान मिल्नेछ। तपाईंलाई आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ। आजको दिन लक्ष्मीको आरधनाले तपाईंलाई मनमा हर्ष छाउने छ। तपाईंले गरेको कामको सम्मान गरेका कारण मनमा अलि बढी खुसियाली हुँदा पनि हानी हुनसक्छ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
मनमा प्रसन्नता छाउने छ। कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ। ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला। सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुहोला।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
स्वास्थ्यमा ख्याल राख्नुहोला। मनमा अशान्त छाउने छ। आकस्मिक संकट छाउने छ। मनमा भय भएपनि आज देवताको स्मरण गर्दा लाभ हुनेछ। लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला। मनमा चिन्ता नलिनु नैं वेश हुनेछ। जे हुनेछ राम्रो हुनेछ भन्ने सकारात्मक सोच राख्नुहोला।





























प्रतिक्रिया