काठमाडौं उपत्यकामा १४५ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १४५ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा १४५ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा १०१, भक्तपुरमा ११ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा १७० जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५०५ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ६४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४८२ पुगेको छ। कूल निको हुनेको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १७ हजार ६७२ र एन्टीजेनबाट ९५ हजार १७४ पुगेको छ। 

नेपालमा हाल ७ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन्।

Logo