काठमाडौं उपत्यकामा १०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १०५ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ७१ जना, ललितपुरमा २८ र भक्तपुरमा ६ संक्रमित थपिएका हुन्।

देशभर पछिल्लो २४ घण्टामा थप २४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार १३६ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १८ हजार ७८७ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३०८ जना रहेको छ। आज ४४४ जना निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या सात लाख ९९ हजार ९८९ पुगेको छ। निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

एक जनाको मृत्यु 
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। अहिले मृत्युदर १.४ प्रतिशत छ। त्यसैगरी पछिल्लो समय एक लाख तीन हजार २०९ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३०३ रहेको छ।

Logo