काठमाडौं उपत्यकामा ११५ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ११५ जना कोराेना संक्रमित थपिए


काठमाडौं उपत्यकामा ११५ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा ७८, भक्तपुरमा सात र ललितपुरमा ३० जना संक्रमित थपिएका हुन्।

देशभर पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९ हजार ८८८ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २१ हजार १२१ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ४८८ जना रहेको छ।

आज २६४ जना निको भएका छन्। यससँगै निको हुनेको कूल सङ्ख्या ८ लाख २ हजार ६५३ पुगेको छ। निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

१ जनाको मृत्यु 
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२२ पुगेको छ। पछिल्लो २४ घण्टामा थप २ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। अहिले मृत्युदर १.४ प्रतिशत छ। 

त्यसैगरी पछिल्लो समय १ लाख ४४ हजार ५३४ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९४४ रहेको छ।

Logo