काठमाडौं उपत्यकामा १०४ जना कोराेना संक्रमित थपिएका छन्। आज काठमाडौंमा ६४, भक्तपुरमा ११ र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ६ हजार ४६९ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २१ हजार ३६६ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ४९८ जना रहेको छ।
आज २५६ जना निको भएका छन्। यससँगै निको हुनेको कूल सङ्ख्या ८ लाख २ हजार ९०९ पुगेको छ। निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
२ जनाको मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२६ पुगेको छ। पछिल्लो २४ घण्टामा थप २ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। अहिले मृत्युदर १.४ प्रतिशत छ।
त्यसैगरी पछिल्लो समय २ लाख ११ हजार ५५३ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९३१ रहेको छ।





























प्रतिक्रिया