उपत्यकाका तीनै वटै जिल्लामा कोरोनाविरुद्धको पहिलो डोज खोप दिइने भएको छ। तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिसिल्ड, भेरोसेल र एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
काठमाडौंमा सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, शहीद मेमोरियल अस्पताल कलंकी, लोट्से भवन नयाँ बसपार्क, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध र वयोधा अस्पताल बल्खुमा खोप केन्द्र तोकिएको छ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसूतीगृह तथा स्त्री रोग अस्पताल थापाथली, निजामती कर्मचारी अस्पताल मीनभवन र एपेक्स पोलीक्लिनिक, जडीबुटी, कोटेश्वरमा पनि कोरोनाविरुद्धको खोप दिइने मन्त्रालयले जनाएको छ।
काठमाडौं र ललितुपरका खोप केन्द्रमा बिदाको दिन बाहेक बिहान १० बजेदेखि दिउसाे ३ बजेसम्म निःशुल्क खोप लगाइने छ। यस्तै भक्तपुरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोप दिइने छ।






























प्रतिक्रिया