कोरोना अपडेटः थप २७१ जनामा संक्रमण, एक जनाको मृत्यु

कोरोना अपडेटः थप २७१ जनामा संक्रमण, एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गत २४ घण्टाभित्र नेपालमा थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८८६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ९ हजार १५७ जनाको पिसिआर परीक्षण र 
 १ हजार ७२९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २७ हजार ५२२ र एन्टिजेन परीक्षणबाट ९६ हजार १५१ रहेकाे छ। 

निकाे हुनेकाे संख्या २२५ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख ११ हजार ५ पुगेकाे छ।

संक्रमणबाट एक जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५८६ रहेकाे छ।

नेपालमा हाल ४ हजार ९३१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ लाख ६८ हजार ३१९ खाेप लगाइएकाे छ।

Logo