काठमाडौं उपत्यकामा ५ हजार ५४९ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ५ हजार ५४९ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा ५ हजार ५४९ जना कोराेना संक्रमित थपिएका छन् । काठमाडौंमा ४  हजार ४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जना संक्रमित थपिएका हुन्।

यस्तै गत २४ घण्टाभित्र नेपालमा थप १० हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १७ हजार ८७२ जनाको पिसिआर परीक्षण र ४  हजार ९५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ६८ हजार २१५ र एन्टिजेन परीक्षणबाट १ लाख ३ हजार ९८३ रहेकाे छ। 

निकाे हुनेकाे संख्या ५६२ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १७ हजार ५४७ पुगेकाे छ। संक्रमणबाट थप १ जनाकाे मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६२४ रहेकाे छ।

नेपालमा हाल ३९ हजार ४४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ लाख १३ हजार १४८ खाेप लगाइएकाे छ।

गत हप्ता साेमबार १,४४६ जना संक्रमित थपिएका थिए भने मंगलबार २,४४४ जना र बुधबार ३,०७५ जनामा संक्रमण भएकाे थियाे। बिहीबार ३,५५३ संक्रमित थपिए । शुक्रबार याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे। शनिबार ४,६३६ जना थपिएकाेमा आइतबार ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। साेमबार ६,७३४ जना थपिएका थिए। मंगलबार थपिनेकाे संख्या १०,२५८ रहेकाे छ। याे हालसम्मकै उच्च संख्या हाे।

Logo