काेराेना अपडेट : ६ हजार ४६२ जनामा संक्रमण पुष्टि, १ हजार ४१६ जना निकाे भए

काेराेना अपडेट : ६ हजार ४६२ जनामा संक्रमण पुष्टि, १ हजार ४१६ जना निकाे भए


पछिल्लो २४  घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार  पछिल्लो २४ घण्टामा १७ हजार ४३७ वटा नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पोजेटिभ देखिएको छ।

मन्त्रालयका अनुसार १३ हजार ३७७ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ५९८ जनामा र  चार हजार ६० जनामा एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ७७ हजार ४० रहेको छ। पछिल्लो २४ घण्टामा १ हजार ४१६ जना डिस्चार्ज भएका छन् भने मृत्यु चार जनाको भएको छ।

Logo