पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै, वर्षा हुन सक्ने

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै, वर्षा हुन सक्ने


आज पनि देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको हो।

अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने विभागले जनाएको छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ। अझै चिसो नघटिसकेकाले आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंगलबार

दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।  

राती : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भूभागका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।  

बुधबार

दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ। 

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।  

विहीबार

दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।  

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना हुनुका कारण चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

Logo