टेलिकमका सामग्री डकैती गर्ने पक्राउ

टेलिकमका सामग्री डकैती गर्ने पक्राउ

केन्द्रबिन्दु
0
Shares

नेपाल टेलिकमको जीसिएम मोबाइल विटिएस साइटमा लाखौँ मूल्य बराबरको सामग्री डाँका गर्ने चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले डाँका भएको १० लाखभन्दा बढी मूल्यको सामग्रीसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ ।

सिसिटिभी फुटेज, घरधनी र नेपाल टेलिकमको कर्मचारी भनी प्रस्तुत हुने व्यक्तिहरुको हुलिया लिएर खोज तलास गर्ने क्रममा चार जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

डाँका गर्ने मुख्य अभियुक्त सिराहाको लहान नगरपालिका–१३ सरस्वती टोलका २२ वर्षीय राकेश यादवसहित चार जना पक्राउ परेको प्रहरी उपरीक्षक धमलाले बताए । प्रहरीले डाँका घटनामा प्रयोग भएको सवारी साधन ना ४ ख ७२४६ नम्बरको मिनी ट्रकसहित गाडीका धनी सिरहा लहान नगरपालिका–३ डगराहा टोलका ३५ वर्षीय सूर्यनारायण महतो, डाँकाको समान बिक्री गर्ने लहान नगरपालिका–३ अस्पताल चौकका ३५ वर्षीय पवन जायसवाल र ब्याट्री खरिद गर्ने कबाडी सञ्चालक सिरहाको गोलबजार नगरपालिका–४ का ४१ वर्षीय दीपक अग्रवाल पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पक्राउ गरी सात वटा ब्याट्री र डाँकाको समान ओसार्न प्रयोग भएको मिनी ट्रक बरामद गरेको छ । उनीहरुलाई डाँका मुद्दामा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले बताए ।

Logo