आजकाे माैसम : हिमपातकाे सम्भावना, केही प्रदेशमा वर्षा हुने

आजकाे माैसम : हिमपातकाे सम्भावना, केही प्रदेशमा वर्षा हुने

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ। 

दिउँसाे प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। ‍

मंगलबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा  हल्का हिमपात हुनेछ।

बुधबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा  हल्का हिमपातको आँकलन गरिएकाे छ।

Logo