काठमाडाैं उपत्यकामा ५६६ जनामा संक्रमण पुष्टि

काठमाडाैं उपत्यकामा ५६६ जनामा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं उपत्यकामा ५६६ जनामा संक्रमण पुष्टि भएकाे छ। जसमध्ये काठमाडाैंमा ४१०, भक्तपुरमा ३२ र ललितपुरमा १२४ जना रहेका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २५१ वटा नमुना परीक्षण गर्दा १ हजार ३८६ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार ६ हजार ४४३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १८३ जनामा र २ हजार ८०८ जनामा एन्टिजेन परीक्षण गर्दा २०३ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ४५ हजार २४८ रहेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ।

Logo