सवारीमा जाेरबिजाेर हट्याे, फागुन १ गतेदेखि विद्यालय पनि संचालन हुने

सवारीमा जाेरबिजाेर हट्याे, फागुन १ गतेदेखि विद्यालय पनि संचालन हुने

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर–बिजोर प्रणाली हटेको छ। आज बसेको काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो।

आज राति १२ बजेदेखि लागू हुने गरि जोर–बिजोर प्रणाली हटाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकामा जोर–बिजोर प्रणाली लागू गरिएको थियो। तर पछि सार्वजनिक सवारीमा जोर–बिजोर हटाएर निजी सवारीमात्र कायम राखिएको थियो। आजदेखि त्यसलाई पनि हटाइएको हो।

यस्तै कोरोना संक्रमण बढेपछि बन्द भएका विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य शैक्षिक क्रियाकलापहरु पनि जनस्वास्थ्यका मापदण्ड पूरा गरि फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने बैठकले निर्णय गरेको छ।

Logo