नवलपरासी । गैंडाकोट नगरपालिका-१८ हुर्चिल बस्ने ४२ वर्षीय धन बहादुर सुगुरपाक मगरको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उनकै श्रीमती ३८ वर्षीया फुलमाया सुगुरपाक र सोही ठाउँ बस्ने ४० वर्षीय मेख बहादुर सुनारी मगर रहेका जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
२०७६ असार २० गते राति उनीहरु दुवै जना मिलेर धन बहादुरलाई हत्या गरी शव बेपत्ता बनाएको भन्ने खबर सोमबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
आफ्नै घरमा सुतिरहेका धन बहादुरलाई हम्मरले संवेदनशील अंगमा प्रहार गरी घाँटीमा डोरीले बाधेर हत्या गरेपश्चात मेख बहादुरले शवलाई डोकोमा राखी सुन्दरी सामुदायिक वनमा लगि पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
साथै उनीहरूको बयानको आधारमा शव पुरेको भनिएको ठाउँमा उत्खनन् गर्दा गलिसकेको अवस्थामा मानव कंकाल फेला परेको छ ।





























प्रतिक्रिया