कोरोना अपडेट : ६८ जना संक्रमित थपिए, ५३८ संक्रमणमुक्त

कोरोना अपडेट : ६८ जना संक्रमित थपिए, ५३८ संक्रमणमुक्त

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९२९ परीक्षणमा ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाकाे मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५३८ रहेको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ६४६१ रहेको छ।

काठमाडाैं उपत्यकामा ९ जना संक्रमित थपिएका छन् । काठमाडाैं ५, ललितपुरमा ४ जना थपिएका हुन् भने भक्तपुरमा कसैमा पनि संक्रमण देखिएकाे छैन।

Logo