बाँकेको राप्ती सोनारी गाउँपालिका–२ जिरोमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिका–४ घर भएका २८ वर्षीय प्रहरी जवान हिरालाल थारु रहेका छन्। उनी इलाका प्रहरी कार्यालय हाकुरे दरबन्दी भइ अस्थायी प्रहरी पोष्ट बनगाई दाङमा कार्यरत थिए।
जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार बेलुकी सवा ७ बजे लु १ च ८१ १९ नम्बरको स्कारपियो जिपले घर बिदा सकाएर कार्यालय तर्फ फर्किंदै गरेका थारु सवार भे ५ प ७१ ५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। जिपसहित चालकलाई प्रहरी चौकी अगैयाले नियन्त्रणमा लिएको छ।





























प्रतिक्रिया