समन्वय नगरी गरिएका आफू माताहत कर्मचारीको सरुवा बदर गर्न गृह मन्त्रालयको पत्राचार

समन्वय नगरी गरिएका आफू माताहत कर्मचारीको सरुवा बदर गर्न गृह मन्त्रालयको पत्राचार

केन्द्रबिन्दु
0
Shares

आफू मातहतका निकायबाट अन्य मन्त्रालयमा सरुवा जाने कर्मचारीको सरुवा बदर गर्न गृह मन्त्रालयले पत्राचार गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै गृहले आफू मातहत काम गरिरहेको अवस्थामा समन्वय नगरी अन्य मन्त्रालय वा निकायमा सरुवा भएका कर्मचारीको सरुवा बदर गर्न भनेको हो ।

केही कर्मचारीको अन्यत्र मन्त्रालय वा निकायमा सरुवा हुँदा आसन्न स्थानीय तहको निर्वाचन, राष्ट्रिय परिचय-पत्र वितरण, ई-पासपोर्ट लगायतका काम सम्पादनान कठिनाई भइरहेको उल्लेख गर्दै गृह मन्त्रालयले सरुवा बदरको अनुरोध छ । मन्त्रालयले राजपत्रांकित तृतीय श्रेणी वा सोभन्दा तल्लो पद/श्रेणी (नायव सुव्वा/खरिदार) स्तरका रिक्त पदमा दरबन्दी अनुसारका कर्मचारी खटाएर सहयोग गर्न पनि अनुरोध गरेको छ।

गृह मन्त्रालय र अन्तर्गतका निकायबाट सम्पादन हुने कामको प्रकृति र कार्य चाप बढिरहेको बेला कर्मचारीको रिक्तताको कारण सेवा प्रवाहमा कठिनाई भएको जनाउँदै गृह मन्त्रालयले समन्वय नगरी अन्यत्र मन्त्रालय वा निकायमा आफ्नो कर्मचारीको सरुवा नगर्न गत १० असोज र ५ मंसिरमा पनि पत्र पठाएको थियो । 

Logo