तराई क्षेत्रकाे तापक्रममा उच्च वृद्धि, पश्चिममा ‘लू’ (भिडियाे)

तराई क्षेत्रकाे तापक्रममा उच्च वृद्धि, पश्चिममा ‘लू’ (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

नेपालको तराई क्षेत्रमा सोमबार तापक्रममा अत्यधिक वृद्धि भएको छ। यो क्रम मंगलबार र बुधबार अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसमविद् हिरा भट्टराईले पूर्व र मध्यको तुलनामा पश्चिम तराईको तापक्रममा उच्च वृद्धि भएको बताए। उनकाअनुसार, मंगलबार र बुधबार पूर्वी र मध्य तराईमा हल्का वर्षाको सम्भावना रहेपनि पश्चिम तराईका अधिकांश क्षेत्रमा भने तापक्रम थप बढ्नेछ। पूर्व र मध्यको तुलनामा पश्चिम क्षेत्र बढी सुख्खा हुने भएकाले पनि तापक्रम उच्च हुने गरेको भट्टराईले बताए। 

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले देशका विभिन्न स्थानमा तापक्रम बृद्धि हुने क्रममा रहेको बताए । हाल नेपालको माथिल्लो वायु मण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेकाले तापक्रम बृद्धि भएको उनकाे भनाइ छ। केही दिनपछि भने उच्च चापीय प्रणालीको प्रभाव कम हुने र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने हुनाले तापक्रममा कमि आउने सम्भावना भएको बरिष्ठ मौसमविद् प्रधानाङ्गले बताए। 

तराईका केही जिल्लाको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ। यो मौसमी असर भएपनि सचेत बन्नु पर्ने बरिष्ठ मौसमविद् प्रधानाङ्गको सुझाव छ। 

 

Logo