सप्तरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सप्तरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बिरपुरमा बुधबार बेलुकी मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको हो । 

घाइते भएका मोटरसाइकल चालक स्थानीय १८ वर्षीय ईन्द्रजित यादबको सोही अस्पतालमा उपचार भइरहेको छ । तिलाठीबाट राजबिराजतर्फ जाँदै गरेको को १७ प ८५६५ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आँउँदै गरेको साइकललाई हिजो बेलुकी ८ बजे ठक्कर दिएको हो ।

Logo