काठमाडौंको बाउन्नेपाटीमा पहिरोका कारण आवागमन प्रभावित

काठमाडौंको बाउन्नेपाटीमा पहिरोका कारण आवागमन प्रभावित

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको शंखरापुर नगरपालिका-२ बाउन्नेपाटीमा पहिरो झरेका कारण गएरातीबाट ठुला सवारी साधनको आवागमन प्रभावित भएको छ । 

बर्षाको कारण अन्दाजी १० मिटर सडक माथिबाट खसेको पहिरोका कारण साँखु-मेलम्चि सडकखण्डको उक्त स्थानमा ठुला सवारी साधन सञ्चालनमा समस्या भएको हो । साना सवारी साधनलाई पनि एक लेनमा आलोपालो चलाइएको छ । गएराती १० बजे पछि अवरुद्ध सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरी चौकी नाङलेभारेले जनाएको छ ।  

Logo