थप २ जनामा हैजा, संक्रमितको संख्या २३ पुग्यो

थप २ जनामा हैजा, संक्रमितको संख्या २३ पुग्यो


काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको बताए ।

कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौं महानगरपालिका–१३ का ५८ वर्षीय पुरुषमा हैजा पुष्टि भएको हो ।
असार २ गते काठमाडौंको बागबजार क्षेत्रका दुई जनामा हैजा पुष्टि भएको थियो । विहिबार थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ ।

निर्देशक डा दासका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौंका ५८ वर्षीय पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

 

Logo