देशका यी स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

देशका यी स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

केन्द्रबिन्दु
0
Shares

आज देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेधकाे गरेकाे छ।

Logo