सरकारले यसअघि नै पटक पटक घोषणा गरिसकेको ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, विक्रीवितरण र प्रयोग प्रतिबन्ध सम्बन्धी नियम भदौ १ गते देखि कडाइका साथ पालना गराउने भएको छ ।
सरकारले नियम लागु गर्नका लागि सुरक्षाकर्मीकै सहयोग लिन परे लिने जानकारी दिएको छ । यसभन्दा अघि विक्रम संवत् २०७२ मा पनि सरकारले पातला प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । तर भूकम्पका कारण सरकारको ध्यान यसबाट हटेको थियो । यस्तै अघिल्लो वर्ष पुनः साउन १ गतेदेखि यो नियम ल्याइको थियो, फेरि त्यसैगरी विभिन्न वहानामा यो विषयप्रति सरकारको चासो नै हरायो ।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्ले भन्छन् ‘यस सम्बन्धी निर्णय भइसकेको छ । अब यसको कार्यान्वयन गर्न हामी भदौ १ गतेदेखि कडा अनुगमन गर्दैछौँ’ । सुरुमा धेरै प्लास्टिक प्रयोग हुने क्षेत्रहरूमा सघन अनुगमन र हस्तक्षेप गरिने र त्यसपछि यसको दायरा बढाउँदै लैजाने बताए ।





























प्रतिक्रिया