चितवनमा लागुऔषध सहित दुई जना पक्राउ

चितवनमा लागुऔषध सहित दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

चितवनमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनिहरुलाई साउन १७ गते खैरहनी नगरपालिका वडा नं ३ बुद्धशान्ति टोलबाट २ केजी लागुऔषधसहित प्रकाउ गरिएको हो ।

पक्राउ पर्नेमा खैरहनी नगरपालिका–३ बस्ने ३७ वर्षका सुकलाल मोक्तान र सोही वडाका ३४ वर्षीय दिपक घिसिङ तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

 उनिहरु घिसिङ तामाङको घर पछाडी सँगै बसेको अवस्थामा प्रहरीले फेला पारेको हो । उनिहरुलाई जिल्ला अदालत चितवनबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Logo