वैदेशिक रोजगारीबाट फर्केकाहरुको लागि पुनःएकीकरण कार्यक्रम तत्काल कार्यान्वयन हुने

वैदेशिक रोजगारीबाट फर्केकाहरुको लागि पुनःएकीकरण कार्यक्रम तत्काल कार्यान्वयन हुने


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रम तत्काल कार्यान्वयन गर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रममा कार्यान्वयन विषय परामर्श गोष्ठीमा बोल्दै यस्तो बताएका हुन् ।

उनले सरकारले उक्त कार्यक्रममा वैदेशीक रोजगार दाताहरुको सहयोग,अनुदान र लगानीमा आकर्षित गर्ने गरी प्रावधानहरु राखिएको बताए । वैदेशीक रोजगारबाट फर्किएका तर पुँजी नभएका श्रमिकहरुलाई पनि यो कार्यक्रममा समावेश गरेर अगाडि बढ्ने मन्त्री कुँवरको भनाइ छ  । 
 

Logo