पत्रकार पुरीद्धारा १ करोड बराबरको जग्गा दान

पत्रकार पुरीद्धारा १ करोड बराबरको जग्गा दान

केन्द्रबिन्दु
0
Shares

पत्रकार यादवराज पुरीले स्वर्गीय पिता लालबहादुर पुरीको सम्झनामा १ करोड बराबरको जग्गा दान गरेका छन ।

चन्द्रपुर  नगरपालिका–६  निवासी पत्रकार पुरीले  वडा  कार्यालय  भवन  निर्माणार्थ  एक  करोड  रुपियाँ  बराबरको  डेढ  कट्ठा  जमिन  दान  गरेका हुन ।

जनज्योति  माध्यमिक  विद्यालय,  चन्द्रनिगाहपुरस्थित  वडा  भेला  कार्यक्रममा मन्तव्य राख्दै पुरीले स्वर्गीय पीताका सम्झनामा कित्ता नम्बर १५३१ को डेढ कट्ठा क्षेत्रफलको जमिन दान गरेका हुन ।

वडा कार्यालय भवन निर्माणका लागि जमिन  उपलब्ध  नभइरहेको  अवस्थामा  पुरीको  जग्गादानले वडाको ठूलो समस्या समाधान भएको वडाध्यक्ष  सहदेव  केसीले  बताए । पत्रकार पुरी गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाको रौतहट समाचारदाता हुन । 

Logo