उपत्यकामा कारबाहीमा परे ३ हजार बढी सवारी चालक

उपत्यकामा कारबाहीमा परे ३ हजार बढी सवारी चालक


काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन ३ हजार ६ जना सवारी चालकलाई ट्राफिक नियम उल्लंघन गरेकामा कारबाही गरेको छ। 

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेका कारण विभिन्न स्थानमा कारबाही गरिएको बताएको हो। 

कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६२, लेन अनुशासन पालना नगर्ने ११४, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने १२२ र नम्बर प्लेट नदेखिने गरी राख्ने ३० जना सवारी चालक रहेको ट्राफिक प्रहरीले बताएको छ। 

यस्तै, २ हजार ५९६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ।

Logo