राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालहरूको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारलाई नियालेर स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालिन र दीर्घकालीन योजना बनाउने काममा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेकी छन्।
काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको ६३ औं वार्षिकोत्सवको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
स्वास्थ्य सेवाको विशिष्ट आवश्यकताको पहिचान गरी सोही अनुरुपको जनशक्ति तयार पार्नुपर्ने मुलुकसामु विद्यमान चुनौतीको सामना गरेर अघि बढ्न अस्पतालहरूको अनुभव अति उपयोगी हुने समेत उनले बताएकी छन् ।
उनले थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने काममा थप सफलता मिल्ने विश्वास समेत व्यक्त गरिन्।
राष्ट्रपति भण्डारीले सो अस्पतालले बाल मृत्युदर घटाउन समेत उल्लेख्य योगदान दिएको पनि स्मरण गराइन्।
उनले भनिन्, ‘स्वास्थ्य सेवाको विशिष्ट आवश्यकताको पहिचान गरी सोही अनुरुपको जनशक्ति तयार गर्नु मुलुकको सामू विद्यमान ठूलो चुनौती हो। स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालिन र दीर्घकालीन योजनाहरु निर्माण गर्न अस्पतालको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारबाट महत्वपूर्ण सहयोग प्राप्त हुनेछ। नेपाल सरकारमा सम्वद्ध संस्थाहरुले यसतर्फ आवश्यक पहल र समन्वय गर्न विशेष ध्यान दिने मैले अपेक्षा गरेको छु।’































प्रतिक्रिया