सन्दीपको प्रदर्शन उत्कृष्ट तर टोलीको लज्जास्पद पराजय

सन्दीपको प्रदर्शन उत्कृष्ट तर टोलीको लज्जास्पद पराजय

केन्द्रबिन्दु
0
Shares

ट्रिनीडाड ।

क्यारेबिन प्रिमियर लिग (सीपीएल) मा यस सिजनको टोलीको तेस्रो खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले निकै उत्कृष्ट बलिङ गरेका छन् । तर उनको टोली जमैका ताल्लवाशले भने नराम्रो हार बेहोरेको छ।

आज बिहान भएको खेलमा जमैकाले गुयना अमेजन वारियर्ससँग प्रतिस्पर्धा गरेको थियो ।

टस जितेर पहिले बलिङ रोजेको जमैकाले गुयना अमेजनलाई १९.१ ओभरमा सबै विकेट लिंदै ११८ रनमा मात्रै सीमित गर्न सफल भएको थियो । तर जवाफी ब्याटिङमा उत्रिएका जमैकाका ब्याट्सम्यानले पूरा २० ओभर खेल्दा पनि ७ विकेट गुमाएर १०४ रन मात्रै बनाए । टोली १४ रनले पराजित हुन पुग्यो ।

सन्दीपले पूरा ४ ओभर बलिङ गर्दा जम्मा ८ रन मात्रै दिएर २ विकेट लिन सफल भएका थिए । सुरुमा आक्रामक ब्याटिङ गरेका गुयना अमेजनका ओपनरले ५ ओभरमै ५५ रन बनाएका थिए ।

९ औं ओभरमा सन्दीप बलिङमा आए उनले २ रन मात्रै दिए । त्यसपछि ११ ओभरमा १ विकेट लिँदै जम्मा १ रन लिए । १३ औं ओभरमा ३ रन दिए । १५ औं ओभरमा १ विकेट लिँदै एक वाइडसहित २ रन दिए । सन्दीपको ओभर सकिँदा विपक्षी टोलीले ९४ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो ।

झिनो लक्ष्य पछ्याएको जमैकाले पहिलो बलदेखि नै विकेट गुमाउन पुग्दा परिणाम आफ्नो पक्षमा ल्याउन सकेन । पहिलो खेलमा जित निकालेको जमैकाले पछिल्ला २ खेलमा भने हार बेहोरेको छ ।

Logo