सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट आज बिहीबारबाट सुरु भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुने छनौटको पहिलो दिन दुई खेलहरु हुनेछन्। पहिलो खेलमा समूह ए को प्रगति युथ क्लब र मुसुरिया फुटबल एकेडेमीबीच प्रतिस्पर्धा भइरहेको छ ।
यस्तै दोस्रो खेलमा समूह ुबीु को फर्साटिकर युवा क्लब र ग्राम निर्माण बन्धु मण्डल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ३ः३० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
एन्फाले ६२ क्लबलाई २० समूहमा विभाजन गरेको छ । छनौट मंसिर १ गतेसम्म चल्नेछ ।हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ ।
दुई समूहका विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्। र, फाइनलमा दुई समूह विजेता भिड्ने छन् ।





























प्रतिक्रिया