बेन्जेमा पेनाल्टीमा चुक्दा रियल रोकियो

बेन्जेमा पेनाल्टीमा चुक्दा रियल रोकियो

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडको विजयी यात्रामा पूर्णविराम लागेको छ । गएराति १० खेलाडीमा सीमित ओसासुनासँग रियलले १-१ को बराबरी खेलेको हो । रियलले जारी सिजनमा अंक गुमाएको यो पहिलोपटक हो ।

खेलको ४२औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । तर, दोस्रो हाफको सुरुवातमा नै किके गार्सियाले खेल बराबरी गरे । ७८औं मिनेटमा ओसासुना १० खेलाडीमा समेटिन पुग्यो । गार्सिया सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि प्राप्त पेनाल्टीमा बेन्जेमा चुक्दा रियल जितबाट वञ्चित हुन पुग्यो ।

बराबरीसँगै रियलले शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । ७ खेलमा समान १९ अंक नै रहेपनि रियल गोल अन्तरमा बार्सिलोनासँग पछि परेको छ ।

Logo