अञ्जनकाे गाेलमा पाकिस्तानमाथि नेपालको जित

अञ्जनकाे गाेलमा पाकिस्तानमाथि नेपालको जित

केन्द्रबिन्दु
0
Shares

नेपालले पाकिस्तानमाथि जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले १-० को जित निकालेको हो ।  

नेपालको जितमा फरवार्ड अञ्जन विष्टले एक मात्र निर्णायक गोल गरे । उनले खेलको ८२औं मिनेटमा गोल गरेका थिए । उनको यो ११औं अन्तर्राष्ट्रिय गोल हो । खेलमा पाकिस्तानका खेलाडीले पनि थुप्रै अवसरहरु पाएको थियो तर, सो अवसर गोलमा परिणत गर्न सकेनन् ।

पाकिस्तानले ३ वर्ष बढी फिफाको प्रतिबन्धपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको हो । बंगलादेशमा सन् २०१८ भएको साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक आमनेसामने भएका थिए ।  त्यति बेला पाकिस्तानले नेपाललाई २–१ ले हराएको थियो । 

Logo