क्यानडालाई हराउँदै मोरक्को पनि विश्वकपको नकआउट चरणमा

क्यानडालाई हराउँदै मोरक्को पनि विश्वकपको नकआउट चरणमा


मोरक्को फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा पुगेको छ । बिहीवार राति भएको खेलमा क्यानडामाथि २-१ को जित निकाल्दै मोरक्कोले अन्तिम १६ को यात्रा तय गरेको हो । 

मोरक्कोको जितमा हाकिम जिएचले  र  युसुफ एन नेसरीले एकएक गोल गरे । क्यानडाले आत्मघाती गोल उपहार पाएको थियो । खेलको चौथो मिनेटमा नै जिएचले गोल गर्दै मोरक्कोलाई अघि बढाएका थिए । त्यसपछि २३अ‍ौं मिनेटमा नेसरीको गोलमा मोरक्कोले अग्रता दोब्बर पारे । 

४०अ‍ौं मिनेटमा नाएफ अगुएर्डले आत्मघाती गोल गरेपनि मोरक्को २-१ ले विजयी भयो । 

जितसँगै समूह एफको मोरक्कोले ३ खेलबाट ७ अंक जोडेको छ । मोरक्को समूह विजेताका रुपमा नकआउट चरणमा पुगेको छ । सन् १९८६ पछि पहिलोपटक मोरक्को विश्वकपको अन्तिम १६ मा पुगेको हो । 

समूहमा यसअघि मोरक्कोले बेल्जियमलाई २-० ले हराउँदा क्रोएसियासँग बराबरी खेलेको थियो । यस समूहबाट क्रोएसिया उपविजेता बनेकाे छ । 

Logo