म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको क्वाटरफाइनलमा चाल्टन एथ्लेटिकलाई ३–० गोल अन्तरले पराजित गर्दै युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको हो । युनाईटेडको जितमा मार्कस राषफोर्डले दुई गोल गरे । एन्टोनीले एक गोल गरे । खेलको २१ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ९० औं मिनेटमा राषफोर्डले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको इन्जुरी समयमा राषफोर्डले ब्यक्तिगर दोस्रो गोल गर्दै युनाईटेडको जित पक्का गरे ।
यस्तै, न्युकासल युनाईटेड पनि सेमिफाइनलमा प्रवेश गरेको छ । न्युकासलले क्वाटरफाइनलमा लेस्टर सिटीलाई २–० ले हराएको हो । न्युकासलको जितमा डान बर्न र जोइलिनटनले एक एक गोल गरे ।





























प्रतिक्रिया