खराब लयमा रहेको चेल्सी फुलह्यामसँग पराजित

खराब लयमा रहेको चेल्सी फुलह्यामसँग पराजित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लागतार हार व्यहोरेको छ ।

खराब लयमा रहेको चेल्सी बिहिबार राति भएको खेलमा फुलह्यामसँग २–१ गोल अन्तरले पराजित भएको हो । जितसँगै फुलहम ३१ अंकसहित छैटौं स्थानमा उक्लेको छ । फुलह्यामले २५ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । फुलह्यामका विलियनले गोल गरेपछि पाहुना टोली चेल्सी पछि परेको थियो । पहिलो हाफमा १ गोल भएको खेलमा दोस्रो हाफमा २ गोल भएको थियो । ४७ औं मिनेटमा कलउड कुलब्लीले गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याएका थिए । तर, ७३ औं मिनेटमा कार्लोस भेनिसिएसले गोल गर्दै अग्रता २–१ बनाए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै फुलह्यामले स्पष्ट ३ अंक लिन सफल भयो।

फुलह्याम ३१ अंकसहित छैटौ स्थानमा रहेको छ भने पराजित भएको चेल्सी २५ अंकसहित १० औं स्थानमा छ । चेल्सी २०२३ लागेपछि लगातार ३ खेलमा पराजित भएको छ । जसमा दुई खेल म्यानचेस्टर सिटीसँग रहेको छ । सिटीसँग प्रिमियर लिग र एफए कप दुवैमा पराजय भोगेको हो ।

Logo